ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
ललितपुर, असार ३२। ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार आठ सय रुपैयाँ र छ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय