Kath khabar
झण्डै दुई अंकले बढ्यो नेप्से



               काठमाडौं, साउन १ । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से एक दशमलव ९३ अंकले बढेर दुई हजार ११ दशमलव ३९ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव शून्य दुई अंकले बढेर तीन सय ८५ दशमलव ९३ अंकमा चढेको छ आज । दुई सय १० वटा कम्पनीहरूको २५ हजार नौं सय २४ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ८९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक र लगानी सहितका पाँच वटा समुहहरूको सुचक बढेका छन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका आठ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज राधी जलविद्युत कम्पनी, एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा प्रभु सेलक्ट फन्ड, सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका माइक्रो क्रेडिट लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीरुको सुचीमा भने अपर तामाकोसी हाईड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update