Kath khabar
सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल



               काठमाडौं, साउन २ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको आवश्यकता र मागहरूलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्री वृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिनेछ ।

यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ । यसका अतिरिक्त, ग्राहकवर्गहरुले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकवर्गहरुलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिनेछ । यस खाताबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सकिने छ ।

 

 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update