Kath khabar
कसले राखेका थिए साउने सोमवारको पहिलो व्रत


 
           काठमाडौं, साउन २ । हिन्दू धर्ममा श्रावण महिनालाई विशेष मानिन्छ । आज श्रावण महिनाको पहिलो सोमबार । यस विशेष दिनमा भक्तहरूले शिवजीको पूजा आराधना गर्नुका साथै व्रत राख्दछन् । साउन महिनालाई भगवान शिवको महिना मानिन्छ ।

साउन सोमवार व्रत गर्नाले जीवनमा सफलता र भगवान शंकरको आशीर्वाद प्राप्त हुन्छ । अविवाहित युवतीका लागि पनि साउन महिनाको सोमबार ब्रत बस्नाले मन परेको वर पाउने विश्वास छ ।

साउन महिनामा भगवान शिवसँगै परशुरामको पनि पूजा गरिन्छ । पौराणिक कथा अनुसार भगवान परशुरामले साउन महिनाको सोमबार नियमित रुपमा गंगा जल भरेर शिव मन्दिरमा रहेको शिवलिंगमा अर्पण गरी आराधना गर्ने गर्दथे । भगवान शिवको व्रत र आराधना भगवान परशुरामकै कारण सुरु भएको बताइन्छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update