Kath khabar
नेप्से सकारात्मक दिशामा : १८ अंकले बढ्दा एक अर्ब ३२ करोडको शेयर कारोबार


           काठमाडौं, साउन २। नेप्से सकारात्मक दिशामा गएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि १८ दशमलव तीन अंकले बढेर दुई हजार २९ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८३ अंकले बढेर तीन सय ८८ दशमलव ७६ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ११ वटा कम्पनीहरूको २३ हजार तीन सय ८३ पटकको कारोबारमा ३१ लाख ४२ हजार चार सय दुई कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ३१ करोड २९ लाख ६२ हजार नौं सय ६० रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरूको सूचक बढेका छन् भने ट्रेडिङ र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बरुण हाइड्रो पावर कम्पनी, छ्याङदी हाइड्रो पावर कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने कुमारी इक्विटी फन्ड, हिमालयन ऊर्जा विकास कम्पनी, लिबर्टी इनर्जी कम्पनी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज शिवम् सिमेन्ट, अपर तामाकोसी हाइड्रो पावर कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update