Kath khabar
स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

              म्याड्रिड, साउन ३।  स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको  स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबार सम्ममा तातो हावाबाट ज्यान जाने  संख्या ५१० पुगेको छ ।  देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियस सम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।

यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ ।  स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिख सम्ममा ५१० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबार सम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अधिकांश ज्येष्ठ नागरिक  छन् । उनीहरु मध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् । 

गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन  स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update