काठमाडौं, जेठ १० । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आलोपालो गरी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । आज मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सार्वजनिक सुचना जारी गर्दे निशेधाज्ञाको अवधिभर आलोपालो गरी सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सुचना मार्फत भनेको छ, बिश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ को संक्रमण जोखिम न्युनीकरण गर्दे उच्च सर्तकताका साथ सेवा प्रवाह गर्ने सम्वन्धमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स र लघुुवित्त संस्थाहरुलाई यही वैशाख १९ गते जारी गरिएको निर्देशनको बुुँदा नम्बर २ को सम्बन्धमा काठमाडौं उपत्यकाको हकमा निशेधाज्ञा अवधि भर वाणिज्य बैंकहरुको हकमा काठमाडौं जिल्लामा तीन वटा, ललितपुर जिल्लामा दुुई वटा र भक्तपुर निल्लामा एउटा शाखा आलोपालो गरी खोल्नु पर्ने छ ।
विकास बैंकहरुको हकमा काठमाडौं जिल्लामा दुुई वटा, ललितपुर जिल्लामा एक वटा र भक्तपुर जिल्लामा एक वटा शाखा आलोपालो गरी खोल्नु पर्ने छ । फाईनान्स कम्पनीहरुको हकमा भने काठमाडौं जिल्लामा एउटा, ललितपुर जिल्लामा एउटा र भक्तपुर जिल्लामा एउटा शाखा आलोपालो गरी सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।