Kath khabar
नेप्सेमा हरियाली : १६ अंकले बढ्दा दुई अर्ब भन्दा बढीको कारोबार


           काठमाडौं, साउन ३ । नेप्से बढेको छ । अघिल्लो दिन १८ अंकले बढेको नेप्से आज मंगलबार पुन १६ दशमलव दुई अंकले बढेर दुई हजार ४५ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव आठ अंकले बढेर तीन सय ९१ दशमलव ५६ अंकमा पुग्न सफल भएको छ । आज दुई सय १३ वटा कम्पनीहरूको ३७ हजार नौं सय ७२ पटकको कारोबारमा ५७ लाख १३ हजार दुई सय ४८ कित्ता शेयरकिनबेच भएको छ । उक्त किनबेचका आधारमा कारोबार रकम दुई अर्ब २९ करोड ९३ लाख १६ हजार तीन सय २६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक उकालो लागेर नेप्सेमा पुरै हरियाली छाएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये इर्मर्जिङ नेपाल हाइड्रो पावर लिमिटेड, मल्टिपर्पोज फाइनान्स, आरएमडिसी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन भने सिभिल बैंकको ऋणपत्र, सनराइज बैंकको ऋणपत्र, ग्लोबल आईएमई बैंकको समुन्नत योजना, रिभर फल्स पावर लिमिटेड आदिको शेयरमुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम सिमेन्ट, एभरेष्ट बैंक, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update