काठमाडौं, साउन ४। फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।
श्रावन ३ गते बाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रजिस्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चार जना हुन्डाईको स्पोन्सरसिपमा कतार जान पाउनेछन् ।
हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले संयोजन गरेको छ । अफर मार्फत कम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ । साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याइएको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ । यदि तपाईं पनि हुन्डाईका उत्कृष्ट उत्पादन र सेवा सम्बन्धी जानकारी लिँदै कतार वर्ल्ड कप लाइभ हेर्ने मौका पाउन चाहनुहुन्छ भने आजै आफू नजिकैको हुन्डाई सो-रुम गई टेस्ट-ड्राइभ गर्न सक्ने छन् ।