काठमाडौं, साउन ४। सबैभन्दा ठूलो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले यस वर्षको अप्रिलदेखि जुनसम्ममा आफ्ना ग्राहकको संख्या ९७०,००० ले घटेको जनाएको छ । मंगलबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा अमेरिका र क्यानडाबाट कम्पनीले सबैभन्दा धेरै प्रयोगकर्ता गुमाएको छ भने युरोपबाट पनि धेरै प्रयोगकर्ता बाहिरिएका छन् । यो कम्पनीको अनुमानभन्दा निकै कम रहेको बताइएको छ ।
सुरुमा नेटफ्लिक्सको बृद्धि निकै छिटो भएको थियो । तर डिज्नी, वार्नर ब्रदर्स, डिस्कभरी र एप्पल जस्ता प्रतिद्वन्द्वी कम्पनीहरूले स्ट्रिमिङ सेवाहरूमा ठूलो लगानी गरेकाले नेटफ्लिक्सको वृद्धिमा असर परेको छ।
कम्पनीले जुलाईदेखि सेप्टेम्बरको त्रैमासिकमा आफ्ना ग्राहक संख्या १० लाखले बढ्न सक्ने बताएको छ । तेस्रो त्रैमासिकमा नयाँ ग्राहकहरूको संख्या १८.४ लाख हुने विश्वास गरिएको छ । यस बाहेक नेटफ्लिक्सका अधिकारीहरूले कम्पनी लगइन र पासवर्ड सेयर गर्नमा कडाई गर्ने पनि स्पष्ट पारेका छन् ।