Kath Khabar
झण्डै पाँच अंकले बढ्यो नेप्से


            काठमाडौं, साउन ४ । नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंंकले बढेको नेप्से आज बुधबार भने चार दशमलव ८९ अंकले बढेर दुई हजार ५० दशमलव ५९ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ९७ अंकले बढेर तीन सय ९२ दशमलव ५० अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज  दुई सय १५ वटा कम्पनीहरुको २९ हजार ८६ पटकको कारोबारमा ४१ लाख ३३ हजार सात सय नौं कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ७३ करोड १८ लाख ३२ हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, ट्रेडिङ र होटल सहितका पाँच वटा समुहहरूको सूचक घटेका छन भने विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका आठवटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज शिवम् सिमेन्ट, मल्टिपर्पोज फाइनान्स, वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी इक्विटी फन्ड, सिभिल बैंकको ऋणपत्र, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, स्टान्डर्ड चार्टड बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।


 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update