नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने
काठमाडौं, साउन ४ । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।
शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा.भुषण गुरागाँईले हस्ताक्षर गर्नुभएको हो । सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा एक सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय