Kath khabar
इराकको रिसोर्टमा भएको हमलामा ९ को मृत्यु २३ घाइते

             बगदाद, साउन ५ ।  इराकको १ रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको १ रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ ।

सो रिसोर्टमा भएको हमलामा परी ९ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ । इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्टसंघीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको जनाएको छ ।

सो मिसनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । यस्ता हिंसात्मक हमलाहरु तत्कालै रोक्न भन्दै सो विज्ञप्तिमा नागरिकको सुरक्षित रुपमा बाँच्ने अधिकारको सम्मान गर्न पनि माग गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update