Kath khabar
चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै


           काठमाडौं, साउन ६। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/२०८० को मौद्रिक नीति आज शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस अघि  नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update