Kath khabar
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको “एनसीसी प्रफुल्ल मुद्दती खाता योजना”




           काठमाडौं, साउन ६ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् ।

सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । साथै पहिलो वर्षको लागि पाँच लाख सम्मको दुर्घटना बीमा र दुई लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३३ एटिएम बुथहरू सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।

एनसीसी प्रफुल्ल मुद्दती खाता योजनाको विभिन्न विशेषताहरू निम्नानुसार छन् ।

 

 


 


 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update