Kath Khabar
२७ अंकले घट्यो नेप्से, सबै सूचक रातै

 



          काठमाडौं, साउन ६। नेप्से घटेको छ । अघिल्लो दिन झण्डै छ अंकले घटेको नेप्से आज शुक्रबार २७ दशमलव २६ अंकले घटेर दुई हजार १७ दशमलव ४६ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव चार अंकले घटेर तीन सय ८६ दशमलव २४ अंकमा सीमित हुन पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज अपरान्ह चार बजे चालु आर्थिक वर्षको लागि मौद्रिक नीति घोषणा गर्ने तयारी गरिरहेको भएपनि यसको असर नेप्सेमा देखिएको छैन । नेप्सेमा आज दुई सय १२ वटा कम्पनीहरुको २३ हजार आठ सय ३६ पटकको कारोबारमा ३३ लाख २० हजार पाँच सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार सात सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घट्दा नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरूका मध्ये आज किसान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सप्तकोसी डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो पावर कम्पनी, वीन लघुवित्त वित्तीय संस्था, साञ्जेन जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, कृषि विकास बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update