Kath Khabar
ललितपुर महानगरपालिकालाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण



             काठमाडौं, साउन ६। आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटरहरू हस्तान्तरण गरेको छ । स्कुटरहरू नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपालिकाले हस्तान्तरण गरेको हो ।

आइएमई इलेक्ट्रिक प्रा.लि राफ्ट इलेक्ट्रिक स्कुटरहरू नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जमा १०० कि मि रेन्जसम्म  गुड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम कि मि, बलियो बनावट साथै अधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कुटरहरू खरिद गरिएको नगरपालिकाले बताएको छ । भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडेलहरू हुन । कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै अधिकतम ३२० कि मि रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरीबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई यस स्कुटर अझ सुविधायुक्त हुने बताउनुभयो । नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गर्नुभयो ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update