Kath khabar
"गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान" द्वारा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

रूख रोपौँ, हरियाली बढाऔँ,
रूख रोपौँ, जमिन मजबुत बनाऔ,
रूख रोपौँ, वातावरण स्वच्छ बनाऔँ !

                काठमाडौं, साउन ६। नेपाल संस्कृति संरक्षण समाज अन्तर्गत “गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान" द्वारा आयोजित वृहत वृक्षारोपण कार्यक्रम आज सितापाईलास्थित ह्यापी साईन्सको करिव ८ रोपनी क्षेत्रफलमा फैलिएको हाताभित्र विभिन्न जातका बोटविरूवा र फलफूलका विरूवा रोपी सम्पन्न गरिएको छ ।

अनौपचारिक रूपमा सुरू भएको उक्त कार्यक्रममा ह्याप्पी साइन्सका अध्यक्ष दिनेशमान जोशीले गुन्यू चोली परिवारलाई स्वागत गर्नु हुँदै सो संस्थाको बारेमा जानकारी गराउनु भएको थियो।

सोही अवसरमा ह्याप्पी साइन्सका इन्टरनेशनल स्टाफ यडा ताका हिरो, गुन्यू चोलीका सदस्य तथा ह्याप्पी साइन्सकी मिसिनरी डाइरेक्टर शोभा श्रेष्ठ र हारती इन्टरनेशनल स्कुलका शिक्षकहरू, कोरियन प्रशिक्षकहरू र ठुलो सङ्ख्यामा विद्यार्थी भाइ बहिनीहरूको  वृक्षारोपणमा सहभागिता रहेको थियो । करिव २ घण्टाको कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई ह्याप्पी साइन्सले चिया नास्ता खुवाएको थियो।

“गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान“ संस्थाले यस वर्ष पटक पटक बृहत् वृक्षारोपण गर्दै आइरहेको र आगामी दिनहरूमा पनि निरन्तर विभिन्न स्थानमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको संस्थाकी अध्यक्ष लक्ष्मी भद्राले बताउनुभयो। साथै यस पवित्र कार्यमा सहकार्य गर्ने ह्याप्पी साइन्स परिवार र सहभागी हुने हारती स्कुलका शिक्षक तथा विद्यार्थीहरू र गुन्युचोलीका पदाधिकारी र सदस्यहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।


 

 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update