Kath khabar
रामोसलाई बाहिर राख्दै स्पेनीस राष्ट्रिय टोली घोषणा

स्पेन, जेठ १० । नियमित कप्तान सर्जियो रामोसलाइ बाहिर राख्दै स्पेनले युरो कपका लागि २४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

गत मार्चको अन्त्यमा चोट बोक्नु भएका रामोसले यो सिजन एक खेल मात्र खेल्नु भएको छ ।  रामोसले पछिल्लो पटक विश्वकप  छनौट अन्तर्गत ग्रिस विरुद्धको खेल खेल्नु भएको थियो । रियल मड्रिडका लागि च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलमा मैदानमा उत्रिनु भएको थियो । जुन खेल चेल्सीले जित्नुभएको थियो । प्रशिक्षक लुइस इनरिकले स्पेनीस महारथी क्लब रियाल मड्रिडका कुनै खेलाडी समावेश गर्नुभएको छैन । म्यान्चेष्टर सिटीका डिफेन्डर एमरिक लापोर्ते पनि स्पेनको राष्ट्रिय टोलीमा सामिल गरिएको छ । फ्रान्सेली डिफेन्डर लापोर्तेलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुमति दिएसँगै स्पेन आउनु भएको हो । उहाँसगै  इंग्लीस प्रिमियर लिगका १० खेलाडी समेटर टिम बनाइएको छ । जसमा ब्राइटनका गोल रक्षक रोबर्ट सान्चेज, लिड्स युनाइटेडका डिफेन्डर  डियगो लोरेन्टे र  उल्भ्सका फवार्ड एडामा ट्राओर हुनुहुन्छ ।

को को हुनु हुन्छ टिममा
गोलरक्षकः उनाइ सिमोन (एथ्लेटिक बिल्वाओ), डेभिड डि गिया (म्यान्चेष्टर युनाइटेड) र रोबर्ट सान्चेज (ब्राइटन)

डिफेन्डरः जोस गाया (भ्यालेन्सिया), जोर्डि अल्भा (बार्सीलोना, पाउ टोरेस (भिल्लारियल), एमेरिक लोपोर्ते (म्यान्चेष्टर सिटी), इरिक गार्सिया (म्यान्चेष्टर सिटी), डियगो लोरेन्टे (लिडस) र सिजर अज्पीलीक्वोटा (चेल्सी)

मिडफिल्डरः सर्जियो बस्केट्स (बार्सिलोना), रोद्रि (म्यान्चेष्टर सिटी), पेद्री (बार्सीलोना, थियागो अल्कन्तरा (लिभरपुल), कोके (एट्लेटिको मड्रिड), फाबियन रइज (नापोली) , मार्कोस लोरेन्टे (एट्लेटिको मड्रिड)

फवार्डः ड्यानी ओल्मो (लाइपजिक), माइकेल ओर्जाबल (रियाल सोसिडाड), अल्भारो मोरोटा (युभेन्टस), जिरार्ड मोरेनो (भिल्लारियल), फेरान टोरेस (म्यान्चेष्टर सिटी), एडामा ट्राओर (उल्भ्स) र पाब्लो साराबिया (पेरिस सेन्ट जर्मेन पिएसजी)  ।

 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update