Kath khabar
नेपाली नक्कली नोट सहित पक्राउ


              सर्लाही, साउन ८ । हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया-९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update