Kath khabar
मौद्रिक नीतिले बढायो नेप्से


            काठमाडौं, साउन ८ । चालु आर्थिक वर्षको मौद्रिक नीति घोषणा भएसँगै नेप्से बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति घोषणा गरेपश्चात् खुलेको नेप्से आज आइतबार ६१ दशमलव शून्य पाँच अंकले बढेर दुई हजार ७८ दशमलव ५१ अंकमा पुग्न सफल भएको छ ।

सेन्सिटिभ पनि १२ दशमलव नौं अंकले बढेर तीन सय ९८ दशमलव ३३ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय १९ वटा कम्पनीहरुको ४२ हजार नौं सय ३० पटकको कारोबारमा ६४ लाख २३ हजार एक सय ४६ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ७३ करोड नौं लाख २७ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सेन्ट्रल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन भेञ्चर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने एनएमबी बैंकको ऋणपत्र, सनराइज म्युचुअल फन्ड, लक्ष्मी उन्नति कोष, प्रभु सेलेक्ट फन्ड आदिको शेयर मूल्य घटेका छन् । शिवम् सिमेन्ट, प्रभु बैंक, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।


 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update