Kath khabar
कुवेतमा नयाँ प्रधानमन्त्री

              कुवेत, साउन  ९। कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल-अहमद अल-सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिका मार्फत् शनिबार गराउनुभएको छ ।

कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ । नवनियुक्त प्रधानमन्त्री र उहाँको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ । सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ ।

यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मे मा दिनुभएको राजीनामा कुवेतका अमिरले स्वीकृत गर्नुभएको थियो । उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल-अहमद अल-सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहनुभएको थियो ।  सन् १९५६ मा जन्मिनु भएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल-अहमद अल जाबिर अल-सबाहका कान्छा छोरा हुनुहुन्छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update