Kath khabar
झीगु सः र सुकुन्दा फिल्मसले आयोजना गर्दैछ ख्यालि नख:



            ललितपुर, साउन ९। सापारु (गाईजात्रा) को अवसर पारी लोकप्रिय कलाकारहरूको प्रस्तुतिका साथमा झीगु सः तथा सुकुन्दा फिल्मसको संयुक्त आयोजनामा “ख्यालि नखः” आयोजना हुने भएको छ । भाद्र ४ गते शनिवार ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञाभवनमा सो कार्यक्रम आयोजना हुने आयोजकले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

झीगु सःका संरक्षण एवं वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले यो कार्यक्रमको आयोजना गरी उपचार गराइरहनु भएको गायक तथा संगीतकार सुमन कपालीलाई सहयोग गर्ने पनि उद्देश्य रहेको जानकारी गराउनु भयो । नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले काठमाडौं उपत्यका तथा नेवार बस्तीहरूमा नेपाल सम्वत् अनुसार दसौं महिला गुंलाको पारुदेखि एक सातासम्म विभिन्न हास्य र व्यङ्ग्यको प्रस्तुतिहरूको परम्परा नै रहेको तथा विगतमा टोलटोलमा मञ्च बनाइ ख्यालः (हास्य तथा व्यङ्ग्यले भरिएको नाटकीय प्रस्तुति) प्रदर्शन गर्ने परम्परा हाल लोप प्रायः हुँदै गइरहेको उल्लेख गर्नुहुँदै यस्तो परम्पराको निरन्तरता यो प्रयास सफलताको कामना गर्नुभयो ।

कार्यक्रमका अतिथि ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले यस्तो महत्वपूर्ण कार्यक्रममा स्थानीय तहको भूमिका सकारात्मक रहने तथा आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनु भयो । सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै झीगु सःका प्रमुख राजु राजदेव बज्राचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुकुन्दा फिल्मस् प्रमुख वासु शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मञ्जु बज्राचार्यले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन पाटन दरवार क्षेत्रको स्वथँस्थित नेवाः सवाःमा भएको थियो । आयोजक संस्था झीगु सःले नाइस टेलिभिजनयमा टेलिभिजन कार्यक्रम, रेडियो नेशन १०३.९ मेगाहर्जका लागि रेडियो कार्यक्रम झीगु सः (हाम्रो आवाज) तथा अनलाइन झीगु सः डटकम संचालन गर्दै आएको छ भने सुकुन्दा फिल्मसले मतिना, लुँयाम्ह झंगः, वाया दुने जाकि दु, क्या फसाद लगायत १६ चलचित्र प्रदर्शन भइसकेको छ भने निकट भविष्यमा बहिदार बाबु प्रदर्शनको तयारीमा रहेको छ ।


 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update