काठमाडौं, साउन ९। अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि बढेको छ । नेप्से आज ५४ दशमलव ४५ अंकले बढेर २१ सय ३२ दशमलव ९६ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव पाँच अंकले बढेर चार सय सात दशमलव ३८ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १४ वटा कम्पनीहरूको ६४ हजार दुई सय ३१ वटा कम्पनीहरुको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब १० करोड ६८ लाख १८ हजार नौं सय ४१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने मञ्जुश्री फाइनान्सको ऋणपत्र, कुमारी इक्विटी फन्ड, सिभिल बैंकको ऋणपत्र आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, अरुण कावेली पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदिको भने बढी रकम कारोबार भएका छन् ।