Kath Khabar
तीनकुनेस्थित चिनियाँले चलाएको कल सेन्टरमा प्रहरीको छापा



            काठमाडौं, साउन ९। चिनियाँले चलाएको एक कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । तिनकुनेस्थित एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । उक्त घरबाट ल्यापटप र विभिन्न विद्युतीय उपकरणहरु सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । त्यहाबाट उनीहरुले साइबर अपराध गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

आइतबार बुटवलको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो । बुटवलको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरबाट करोडौको ठगी गर्ने २०० जना भन्दा बढीको टोली पक्राऊ परेका थिए । उनिहरुले तपाईंलाई २५ लाखको लोटरी परेको छ भन्दै कल या म्याजेस गर्ने गरेका थिए ।
 

 

 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update