अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौंं, साउन १०। अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ । उहाँ आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त हुनुभएको हो । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका केसीलाई देउवा सरकारले बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उहाँले १०० भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ ।
पछिल्लो समय राजनीतिमा आउन खोजिरहनुभएका केसीलाई दोस्रो संविधान सभा चुनावमा एमालेले समानुपातिक उम्मेदवार बनाउन खोजेतापनि पार्टीभित्र विरोध भएपछि उहाँको टिकट खोसिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय