Kath khabar
नेप्सेमा पहिरो, ४४ अंकले घट्दा तीन अर्ब ७० करोडको शेयर कारोबार



              काठमाडौं, साउन १० । नेप्सेमा पुन पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा साताको तेस्रो कारोबार दिन आज मङ्गलबार ४४ दशमलव आठ अंकले घटेर दुई हजार ८८ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि आठ दशमलव ९९ अंकले घटेर तीन सय ९८ दशमलव ३९ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय २२ वटा कम्पनीहरुको ६० हजार पाँच सय १७ पटकको कारोबारमा ८७ लाख ४० हजार पाँच सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार तीन सय ९८ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पयर्टन, ट्रेडिङ, उत्पादनमूलक, अन्य सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मल्टिपर्पोज फाइनान्स, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्स आदिको शेयरमुल्य बढेका छन् भने गणपति लघुवित्त वित्तीय संस्था, समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयरमूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट, अरुण कावेली पावर लिमिटेड, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update