Kath Khabar
गैर आवासीय नेपाली संघ भन्छ, 'कारोना भाइरसका कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन' 

काठमाडौं, जेठ ११ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा आठ जना फ्रान्समा एक जना, माल्दिम्समा एक जना, बेल्जियममा एक र प्रोचुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा एक लाख सात हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार दुुई सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् । समितिका संयोजक डा संजिव सापकोटाका अनुसार सोमवार साँझ सम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखी विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ । संघले डा संजिव सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर दुुई सय जना चिकित्सकहरु परिचालन गरेको छ । 

यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार चार सय ६१ जना संक्रमित पुगेकोमा ७६  दशमलव छ प्रतिशत अर्थात तीन लाख ९८ हजार चार सय ८३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण सोमवार  सांझसम्म छ हजार पाँच सय ३१ जनाको निधन भएको छ ।  

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update