जापान, जेठ ११ । ओसाका शहरमा नयाँ भ्यारियन्टको कोरोना संक्रमणदर तीब्र गतिले बढेपछि, टोकियो ओलम्पिक आयोजना नगर्न त्यहाँका चिकित्सकले चेतवानी दिएका छन्।
जापानको दोस्रो ठुलो शहर ओसाकामा अहिले कोरोना भाइरसको चौथो लहर देखिएपछि अधिकारीहरुले खेलकुदको कार्यक्रम आयोजना गर्नु थप खतरा निम्तिन सक्ने बताएका छन् । ओसाकामा बिरामीहरुको चाप धेरै बढेकाले अस्पतालहरुमा शैया तथा भेन्टिलेटरको अभाव देखिन थालेको छ । जापानको दक्षीणी क्षेत्रमा ९० लाख भन्दा बढि सक्रिय संक्रमित छन् ।
कोरोनाले दिनदिनै डरलाग्दोरुप लिएपछि त्यहाँको स्वास्थ्य प्रणाली धरासायी बनेको चिकित्सकहरुले बताएका छन् । किन्दाइ विश्वविद्यालय अस्पतालका निर्देशक युजी तोहोदाले तीब्र गतिमा बढिरहेको संक्रमणले यहाँको स्वास्थ्य प्रणाली नै कम्जोर पारेको बताएको छ । अहिले त्यहाँ शक्तिशाली युके भ्यारियन्ट देखिन थालेपछि तीन सय ४८ अस्पतालका शैया मध्य ९६ प्रतिशत उच्च जोखिममा रहेका विरामी भर्ना भएका छन् ।
१७ भन्दा बढिको उपचार अभावका कारण ज्यान गएको छ । स्थिती भयाभह भएकाले अहिले टोकियो ओलम्पिक आयोजना गर्न उचित नरहेको अधिकारीहरुले बताएका छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ मा हुने तालिका छ । विभिन्न देशरुले छनौटका लागि प्रतिस्पर्धा गर्दैछन् भने धेरै खेलाडीले ओलम्पिकमा स्थान सुरक्षित गरेका छन् । २०२० हुने भनिएको टोकियो ओलम्पिक कोरोना महामारीकै कारण एक वर्ष पछि आयोजना गर्न लागिएको हो।