चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण
दिउँसो ४ बजेर ५२ मिनेट जाँदा चीनले थाइयुवान उपग्रह प्रक्षेपण केन्द्रबाट ६ उपग्रह बोक्ने रकेटको सफल प्रक्षेपण गरेको छ
जिउक्वान, साउन ११ । चीनले ६ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो । अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् ।
दिउँसो ४ बजेर ५२ मिनेट जाँदा चीनले थाइयुवान उपग्रह प्रक्षेपण केन्द्रबाट ६ उपग्रह बोक्ने रकेटको सफल प्रक्षेपण गरेको छ। हालसम्म ती उपग्रहहरू सबै निर्धारित लिगमा प्रवेश गरेका छन् । यो थाइयुवान उपग्रह प्रक्षेपण केन्द्रमा ६ घण्टामा गरिएको दोस्रो प्रक्षेपण हो र चालु वर्षमा यस्तो रकेटको पाँचौं प्रक्षेपण पनि हो। यसबाट चीनको प्रक्षेपण इतिहासमा नयाँ रेकर्ड सिर्जना भएको छ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९ १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय