काठमाडौं, साउन ११ । अघिल्लो दिन घटेको नेप्सेमा आज बुधबार भने सुधार आएको छ । नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २१ सय ११ दशमलव ९९ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ५३ अंकले बढेर चार सय दुई दशमलव ९२ अंकमा पुग्न सफल भएको छ ।
आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरूको ५० हजार दुई सय ९७ पटकको कारोबारमा ७५ लाख आठ हजार एक सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब १६ करोड १४ लाख ५५ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा ट्रेडिङ समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज जानकी फाइनान्स, लिबर्टी इनर्जी कम्पनी, वीन नेपाल लघुवित्त वित्तीय संस्था, ओरेन्टल होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने कुमारी धनबृद्धि योजना, बलेफी हाइड्रो पावर लिमिटेड, दोर्दी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, अरुण कावेली पावर लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् ।