Kath Khabar
१५ अंकले नेप्से बढ्दा झण्डै पाँच अर्बको शेयर किनबेच



          काठमाडौं, साउन १२ । नेप्से उच्च अंकले बढेको छ । साताको पाँचौं कारोबार दिन आज बिहीबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २१ सय २७ दशमलव ४२ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात अंकले बढेर चार सय पाँच दशमलव ६२ अंकमा पुग्न सफल भएको छ । दुई सय २१ वटा कम्पनीहरूको ७२ हजार चार सय ५० पटकको कारोबारमा एक करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार एक सय पाँच रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरूको सूचक बढेका छन् भने निर्जीवन बीमा, उत्पादनमूलक र अन्य सहितका तीन वटा समुहहरूको सूचक घटेका छन् ।

नेप्सेमा आज कारोबार भएका कम्पनीहरु मध्ये रिभर फल्स पावर लिमिटेड, बिन्दवासिनी हाईड्रो पावर लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने राधी जलविद्युत कम्पनी, एनआईबी हाइब्रिड फन्ड, एनआईसी एशिया सुलभ फन्ड आदिको शेयर मूल्य घटेका छन् । अरुण कावेली पावर लिमिटेड, गोर्खाज फाइनान्स, कुमारी बैंकको संस्थापक शेयर आदिको भने आज बढी रकम कारोबार भएका छन् ।


 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update