Kath khabar
भारत सेनाको विमान दुर्घटनामा २ को मृत्यु

              नयाँदिल्ली, साउन १३ ।  भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का २ विमान चालकको मृत्यु भएको छ । मि-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५ सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार  दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरू सँग दृढता पूर्वक खडा रहेको जानकारी दिएको छ । १ अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update