
काठमाडौं, साउन १३। नेप्से झन्डै १३ अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से १२ दशमलव ९२ अंकले बढेर २१ सय ४० दशमलव ३९ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि ती दशमलव ९१ अंकले बढेर चार सय नौं दशमलव ५३ अंकमा पुग्न सफल भएको छ । दुई सय १६ वटा कम्पनीहरुको ३४ हजार नौ सय ६० पटकको कारोबारमा ५१ लाख ११ हजार तीन सय १० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल शेयर कारोबार रकम दुई अर्ब १९ करोड १६ लाख १९ हजार नौं सय १४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका १० वटा समुहहरूको सूचक बढेका छन् भने जलविद्युत, निर्जीवन बीमा र सामूहिक लगानी कोष समुहको सुचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, सोल्टी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नागरिक लगानी कोष लुम्बिनी विकास बैंक, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।