काठमाडौं, साउन १३। के तपाईलाई दिनभर निद्रा लाग्छ र ? दिनमा धेरै पटक सुत्नु स्वास्थ्य समस्याको संकेत हो । यसलाई सही समयमा पहिचान गरी विशेषज्ञलाई सम्पर्क गर्नुपर्छ । कतिपय अवस्थामा यसले गम्भीर रोगको संकेत गर्छ।
दिनमा पावर न्याप लिनु फाइदाजनक हुन्छ, तर यो धेरै पटक गर्नु सामान्य होइन । यस्तो हुनुले उच्च रक्तचाप वा मस्तिष्कघात जस्ता गम्भीर रोगहरूको खतरा हुने एक अनुसन्धानले पत्ता लगाएको छ।
चीनमा बारम्बार सुत्ने सम्बन्धमा एउटा अध्ययन गरिएको थियो । यसका सोधकर्ताहरूले बारम्बार सुत्नु उच्च रक्तचाप र मस्तिष्कघातको बढ्दो जोखिमको संकेत हुनसक्ने पत्ता लगाए । अनुसन्धानकर्ताहरूले अध्ययनमा ५ लाखभन्दा बढी मानिसलाई समावेश गरेका थिए। यसले निद्रा नलिने मानिसको तुलनामा कहिलेकाहीँ सुत्ने मानिसहरूमा उच्च रक्तचापको जोखिम ७%, मस्तिष्कघातको जोखिम १२% र रगत जमेको कारण मस्तिष्कघात (इस्केमिक मस्तिष्कघात) हुने जोखिम ९% बढेको पाइएको छ।
यस्तै एउटा अध्ययन २०१७ मा आएको थियो जसमा दिउँसो सुत्नु उच्च रक्तचापको उच्च जोखिमसँग सम्बन्धित हुनसक्छ भन्ने पत्ता लागेको थियो । राम्रो निन्द्राले स्वास्थ्य राम्रो हुने विज्ञहरु बताउँछन् ।