काठमाडौं, साउन १३ । अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एकेडेमीले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।
कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरूले ‘दि स्कोप अफ इ-लर्निङ इन नेपाल अर्थात नेपालमा इ-लर्निङको दायरा’ विषयमा निबन्ध लेखेर पठाउन सक्नेछन् । अर्थात प्रतियोगीले नेपाली शिक्षा जगतमा इ-लर्निङको महत्व-चुनौती-अवसर आदिको बारेमा समीक्षा, अपडेट र धेरथोर विश्लेषणको परिधिमा रहेर निबन्ध लेख्नु पर्नेछ ।
निबन्ध कम्तिमा पनि १२०० शब्दको हुनुपर्नेछ । निबन्ध लेखेर आउँदो साउन २५ गतेसम्म [email protected] मा आफ्नो र आफू अध्ययनरत स्कुलको नाम खुलाएर पठाउनु पर्नेछ । कम्पनीका अनुसार नतिजा साउन २७ गते घोषणा गरिने छ ।
निबन्ध प्रतियोगितामा प्रथम हुनेले ३ हजार रुपैयाँ र एउटा गुडी ब्याग पुरस्कार दिइने छ । त्यस्तै दोस्रोलाई २ हजार रुपैयाँ र गुडी ब्याक तथा तेस्रोलाई १ हजार रुपैयाँ र एउटा छाता पुरस्कार दिइने कम्पनीले जानकारी दिएको छ । साथै विजेतालाई एक वर्षको निमा एकेडेमीको इ-लर्निङ कोर्स सब्सक्रिप्सन पनि निःशुल्क प्रदान गरिने छ ।
अन्त्यमा एसईई दिने ब्याच अर्थात कक्षा १० का भाइबहिनीहरूको लेखन कलालाई प्रोत्साहनका साथै सम्मान गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आव्हान गरेको निमा एकेडेमी तर्फबाट कार्यक्रम संयोजक श्वेता श्रेष्ठले अवगत गराउनु भयो ।