Kath khabar
राष्ट्रपति बाइडेनलाई पुनः कोरोना सङ्क्रमण

              वासिङटन, साउन १५।  राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलो पटक सङ्क्रमण पुष्टि भएको ९ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड-१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । 

३ दिनअघि एकान्त बासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा. केभिन ओ कनरले बताएका छन्। ७९ वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्त बासमा फर्केका छन् । उनले कोभिड-१९ विरुद्ध पूर्ण खोप र  २ पटक वुष्टर डोज लिएका थिए । 

सङ्क्रमण मुक्त नभए सम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिका अनुसार उनले कम्तीमा ५ दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् । 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update