Kath Khabar
नेप्सेमा पहिलो दिन नैं हरियाली



             काठमाडौं, साउन १५। नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ५४ दशमलव ५८ अंकले बढेर २१ सय ९५ दशमलव १० अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि  नौं दशमलव ७२ अंकले बढेर चार सय १९ दशमलव २० अंकमा पुग्न सफल भएको छ ।  

नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरुको ६७ हजार सात सय ४० पटकको कारोबारमा एक करोड १३ लाख ३९ हजार चार सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही किनबेचका आधारमा आज चार अर्ब ६० करोड ९७ लाख ९१ हजार दुई सय ७२ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार मध्ये फाइनान्स समुहको सूचक घटेर वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।

नेप्सेमा आज नेपाल इन्स्योरेन्स कम्पनी, बुद्धभूमि नेपाल हाईड्रो पावर कम्पनी, अरुण खोला जलविद्युत कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने गुडविल फाइनान्सको ऋणपत्र, नबिल ब्यालेन्स फण्ड २, नेशनल हाइड्रो पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम सिमेन्ट, कुमारी बैंकको संस्थापक शेयर, नागरिक लगानी कोष, नेशनल हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update