Kath khabar
चौबिस घन्टामा ६२० जनामा कोरोना संक्रमण



          काठमाडौ, साउन १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा छ सय २० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल पाँच हजार आठ सय ४६ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौं सय ६७  पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय दुई ९७ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार पाँच सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update