Kath khabar
सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम  दिन



                   काठमाडौं, साउन १६ । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ) मा लगानीकर्ताले भोलि   श्रावण १७ गतेसम्म लगानी गर्न सक्नेछन् । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरूका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

 

 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update