Kath khabar
नेप्सेमा सामान्य वृद्धि, पाँच वटा समुहको सूचक बढ्दा आठवटा समुहको सूचक घट्यो


          काठमाडौं, साउन १६ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने सामान्य अंकले मात्र बढेको छ । नेप्से आज एक दशमलव १५ अंकले बढेर २१ सय ९६ दशमलव २५ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ९४ अंकले बढेर चार सय २१ दशमलव १४ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय १७ वटा कम्पनीहरूको ६७ हजार दुई सय पाँच पटकको कारोबारमा एक करोड पाँच लाख १८ हजार सात सय १२ कित्ता शेयर किनबेच भएका छन । जसबाट आज कुल कारोबार रकम चार अर्ब ६७ करोड सात लाख ९८ हजार सात सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, ट्रेडिङ, उत्पादनमूलक र लगानी सहितका पाँच वटा समुहको सूचक बढेका छन् भने विकास, निर्जीवन बीमा, फाइनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका आठ वटा समुहहरूको सूचक घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा बुटवल पावर कम्पनी, गुडविल फाइनान्स, नेपाल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, हिमालयन बैंक आदि परेका छन् भने गुमाउने कम्पनीहरूको सुचीमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, स्टान्डर्ड चार्टड बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, स्टान्डर्ड चार्टड बैंक आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने क्रमश शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update