काठमाडौं, साउन १७ । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन दिन बढेको नेप्से आज आज मंगलबार दुई दशमलव ८१ अंकले घटेर २१ सय ९३ दशमलव ४३ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव शून्य एक अंकले घटेर चार सय २१ दशमलव १३ अंकमा खुम्चिएको छ । आज नेप्सेमा दुई सय १७ वटा कम्पनीहरूको ५० हजार तीन सय ६५ पटकको कारोबारमा ७८ लाख १३ हजार एक सय दुई कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार सात सय छ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, अन्य र लगानी सहितका सातवटा समुहको सूचक घटेका छन् भने जलविद्युत, फाइनान्स, लघुवित्त, ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष सहित छ वटा समुहको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बिन्धवासिनी हाइड्रो पावर कम्पनी, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, पाँचथर पावर कम्पनी, महिला लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा गणपति लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, गुडविल फाइनान्स, नेपाल फाइनान्स आदि परेका छन् ।