Kath Khabar
मनकामना केवल कार साउन २३ गते देखि बन्द हुने

 


             काठमाडौं, साउन १८ । मनकामना केवल कार साउन २३ गते बन्द हुने भएको छ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यही श्रावण २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जानकारी दिएकोछ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ। चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरूले गर्नेछन् ।

स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने हुँदा उक्त अवधिभर केवल कार सेवा बन्द हुने छ । यस अवधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेसनमा रहेको रेष्टुरेन्ट भने चालु रहने कम्पनीले जानकारी दिएको छ ।  

 

 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update