
काठमाडौं, साउन १९ । नेप्से उच्च अंकले घटेको छ । साताको पाँचौं कारोबार दिन आज बिहीबार नेप्से ३८ दशमलव ६१ अंकले घटेर २१ सय ४८ दशमलव १६ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि आठ दशमलव २५ अंकले घटेर चार सय १२ दशमलव २५ अंकमा खुम्चिएको छ ।
दुई सय १५ वटा कम्पनीहरूको ५६ हजार आठ सय १९ पटकको कारोबारमा ८५ लाख ६९ हजार पाँच कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, उत्पादनमूलक, होटल तथा पर्यटन, ट्रेडिङ, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै समुहहरूको सूचक घट्दा नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बलेफी हाइड्रो पावर कम्पनी, बिन्धवासिनी हाइड्रो पावर कम्पनी, समृद्धि फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनी, नेपाल एसबिआई बैंक, हिमाल दोलखा हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, अपि पावर लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।