Kath khabar
राष्ट्र बैंकद्धारा दुईवटा वाणिज्य बैंकहरूलाई कारबाही

 


            काठमाडौं, साउन १९ । नेपाल राष्ट्र बैंकले दुई वटा वाणिज्य बैंकहरूलाई कारवाही गरेको छ ।

स्टान्डर्ड चार्टड बैंक र एनसीसी बैंकलाई अनिवार्य नगद मौज्दातको न्यूनतम सिमा कायम नगरेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७८-०७९ को तेस्रो त्रैमासमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेकाले स्टान्डर्ड चार्टड बैंक नेपाल र एनसीसी बैंक समेतलाई कारवाही गरिएको हो ।

कारबाहीस्वरूप स्टान्डर्ड चार्टड बैंकलाई पहिलो पटक ६३ हजार पाँच सय ९७ रुपैंयाँ ८३ पैसा र एनसीसी बैंकलाई पहिलो पटक ४९ हजार आठ सय ८१ रुपैंयाँ ७५ पैसा जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।    

 

 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update