दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते
स्थानीय समयानुसार बिहान १०:१७ बजे (०१:१७ जीएमटी) ४ तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन्
सियोल, साउन २०। दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित १ अस्पतालको भवनमा भएको आगलागीमा परी ५ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।
स्थानीय समयानुसार बिहान १०:१७ बजे (०१:१७ जीएमटी) ४ तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन् ।
अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । ३ जना बिरामी र १ नर्स थिए भने बाँकी १ को पहिचान हुन सकेको छैन।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय