काठमाडौं, साउन २० । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेको छ । नेप्से आज ३४ दशमलव ८५ अंकले घटेर २१ सय १३ दशमलव ३० अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ९१ अंकले घटेर चार सय छ दशमलव ३४ अंकमा खुम्चिएको छ ।
आज नेप्सेमा दुई सय १३ वटा कम्पनीहरुको ४० हजार चार सय २४ पटकको कारोबारमा ६४ लाख १६ हजार छ सय २९ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार नौं सय ४८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले घटेका छन् ।
कारोबार भएका कम्पनीहरू मध्ये आज जोशी हाइड्रो पावर कम्पनी, बलेफी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने मैलुङखोला जलविद्युत कम्पनी, सामलिङ पावर कम्पनी, इर्मर्जिङ नेपाल लिमिटेड, युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।