Kath khabar
६ हजार ४ सय ९१ जनामा परिक्षण गर्दा ९ सय १२ जनामा कोरोना पुष्टि

              काठमाडौं, साउन  २०।  स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल ६ हजार ४ सय ९१ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार ९ सय ७०  पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update