Kath khabar
राष्ट्रिय फुटबल टिम मैत्रीपुर्ण फुटबल खेलका लागी आज रातीको दश बजे इराक जाँदै 

काठमाडौं, जेठ ११ । कतार एयरवेजको चाटर्ड विमानमा नेपाली टोली दुबइ हुँदै इराक प्रस्थान गर्न लागेको हो । यो सबै खर्च विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्येहोर्ने छ । मैत्रीपुर्ण खेल आगामी जेठ १५ गते हुनेछ । त्यसपछि नेपाल कतार तर्फ विश्व कप छनौट अन्तर्गतको दोस्रो चरणका बाँकी तीन खेलका लागि कुवेत जानेछ ।

नेपालले छनौट अन्तगर्तको पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । यस्तै जेठ २४ गते हुने दोस्रो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ र जेठ २८ मा हुने छनौट अन्तगर्त अन्तिम खेलमा एसियाली पावर हाउस मुलुक अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अघिल्ला पाँच खेलमा चारमा हार र एकमा जित हात पारेको नेपाल तीन अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

राष्ट्रिय टोली सहित सदस्य सचिव रमेश कुमार सिलवाल र अफिसियल गरि ३५ जनाको टोली इराक प्रस्थान गर्न लागेको हो । भोली करिब सात बजे नेपाल इराकको विमानस्थलमा अवतरण गर्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, मनिष डाँगी, सुनिल बल, सुरज ज्यु ठकुरी, आयुश घलान, पुजन उपरकोटी, एरिक विष्ट

फर्वाड : अञ्जन विष्ट, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, रुप लामा

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update