Kath Khabar
१० अंकले बढ्यो नेप्से, जीवन बीमा बाहेक सबै समुहले कमाए

 


              काठमाडौं, साउन २२ । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से १० दशमलव २७ अंकले बढेर २१ सय २३ दशमलव ८२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ११ अंकले बढेर चार सय नौं दशमलव ५६ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय १९ वटा कम्पनीहरूको ४४ हजार दुई सय ४० पटकको कारोबारमा ६१ लाख छ हजार पाँच सय २१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल शेयर कारोबार रकम दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा जीवन बीमा समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था उपकार लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, एनआईसी एशिया सेलेक्ट फन्ड आदिको शेयर मूल्य बढेका छन् भने नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फन्ड २, सामलिङ पावर लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघुवित्त संस्था, शिवम् सिमेन्ट आदि परेका छन् ।  


 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update